उम्मेदवार मनोनयनको अघिल्लो दिन गठबन्धन दलले दुङ्ग्याए सिट बाँडफाँट (सूचीसहित)

गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाको इन्ट्रि 
शनिबार, असोज २२, २०७९

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको सिट बाँडफाँट लगभग अन्तिम चरणमा पुर्‍याएका छन् । 

नेताहरुका अनुसार जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले प्रवेश गरी सिट बाँडफाँट दुङ्गिएको हो । लोसपालाई सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । शीर्ष नेताको शुक्रबारको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विषयमा छलफल भएको थियो । 
हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने लगभग पक्का पक्की भएको छ ।

4-party-11665182850.jpg

4-party-21665182858.jpg

4-party-31665182900.jpg

4-party-41665182903.jpg

4-party-51665182939.jpg4-party-61665182946.jpg

4-party-71665182981.jpg

81665187396.jpg

91665187396.jpg

 

101665187468.jpg

111665187470.jpg

121665187520.jpg

प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेशसभाका विषयमा छलफल भइरहेको छ । प्रदेशसभाको बाँकी छलफल शनिबार गर्ने निष्कर्षकासाथ शुक्रबारको बैठक सकिएको जानकारी पनि उनले दिए । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै अन्तिम रुप दिन निर्णायक वार्तामा नेताहरू जुटेका थिए । 
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले पनि शनिबार बिहानै सहमतिलाई अन्तिम रुप दिने तयारी गरिएको छ । 
जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि छलफल गरिरहेका छन् । लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ । सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार