चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो, अमेरिकी राजदुत पनि नयाँ आउँदै 

आइतबार, असोज १६, २०७९

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् ।

आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । 

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ । 

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।

उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन ।

र्‍यान्डी बेरी स्वदेश फर्कँदै, नयाँ अमेरिकी राजदुतमा आउँदै  

Thomson1664664239.jpg

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । थम्प्सन कहिले नेपाल आउने हो रु त्यो भने टुंगो लागेको छैन । 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार