बज्न छोड्यो गाउँबस्तीमा ढोल (नगारा)

शनिबार, असोज १५, २०७९

धनुषा । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दसैँँ सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगारा) बज्न छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुन् । 
“गाम घरमें आब न ढोल बजैय” (गाउँघरमा अब ढोल बज्न छोडेछ) धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ७६ वर्षीया गीतादेवी झा भन्छन्, “दशहारा पावैन आयल बुझाइए न रहल अई” (दसैँँ पर्व लागेजस्तो नै बुझिन्न) । दसैँँ सुरु भएको पाँच दिन भइसक्दा बस्तीमा ढोल बजेको सुन्न नपाइएको झाको भनाइ छ ।

जनकपुरधामसहित मिथिलाञ्चलमा नवरात्र सुरु भएसँगै बस्तीमा ‘दसैँँ के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल बज्न छाडिएपछि गीता देवीजस्तै यस भेगका सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । “बौवा, पुरान परम्परा सब हेराय लागल, चिन्ता लगैंय जे आब हमर कि पहिचान रहतल ?” (बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ?) धनुषा कै क्षीरेश्वरनाथ नगरपालिकाका पूर्व शिक्षक ७२ वर्षीय लालबाबु झाले भने । 
घटस्थापना कै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दसैँँ के ढोल’ भनेर कराउँदै हिँड्दा स–साना नानी उहाँका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्य कथा जस्तै भएको बूढापाका बताउँछन् । 
गाउँ नगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याइँले हिँडडुल गर्न छोडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैँँको ढोल बज्न छाडेको हो । “करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा÷पोता ढोल बजाव नइ चाहैय है, कि करु ?” (के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाँहदैनन्, के गरौँ ?) क्षीरेश्वरनाथ–७ हरिहरपुर चमारटोलका ७५ वर्षीय चमार समुदायका अगुवा भरोसी महरा चमारले भने । 
दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अरब, कतार, मलेसियाजस्ता खाडीमुलुक जान थालेपछि पुख्र्याैली रीतिथिति र पेसा थाम्न छाडेको ओझलिएको चमार जातिका पाका उमेरका अगुवाहरु बताउँछन् ।
मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले लोकसंस्कृतिको अभिन्न अङ्ग मानिने यस्ता परम्परा अब लोप हुने अवस्थामा पुगेको बताउँँदै उनले भने, “पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । यो अभिभारा अब नयाँ पुस्ताले उठाउनुपर्ने र स्थानीय सरकारले यसको संरक्षण सम्वद्र्धनमा लाग्नुपर्ने आवश्यकता छ ।”–रासस 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार