गोदावरी नगरपालिकाले लेलेमा आयोजना गरेको धान दिवसमा राजेश हमाल सहभागी(फोटो फिचर) 

आइतबार, असार १५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

लेले (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिकाले नगरको वडा नं. ५ लेलेस्थित धान खेतमा आज धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । असार १५ (धान दिवस) कार्यक्रमलाई विशेष उल्लास र गौरवका साथ मनाउन नगरपालिकाले लेलेको फाँटमा कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनको प प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल सहभागी भएका थिए । स्थानीय संस्कृति, परम्परा र कृषिको महत्त्वलाई उजागर गर्ने यस कार्यक्रमले गोदावरी नगरपालिकाको पहिचान र गौरवलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको नगरपालिकाले बताएको छ । नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका थिए । Go-2-1751205165.jpg
go-1751205168.jpg
Go-5-1751205172.jpg

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार