सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको निर्णय

शनिबार, असार २१, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आ.व २०८२/८३) देखि सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सबै मन्त्रालय, राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान र बोर्ड/समिति तथा प्रतिष्ठानका नाममा पत्र लेख्दै आगामी आवदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न भनेको हो ।
नयाँ आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार