महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्न ललितपुर महानगरको सहयोग 

शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । ललितपुर महानगरले महालक्ष्मीथानस्थित महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्नको लागि ३४ केजी ३०० ग्राम चाँदी सहयोग गरेको छ । महानगरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच महालक्ष्मीथान व्यवस्थापन समितिलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । व्यवस्थापन समितिले मन्दिरमा पित्तलको ठाउँमा चाँदी अलङ्कार बनाउन  लागेको हो ।  महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जीटुजी मार्फत राष्ट्र बैंकसँग खरिद गरेर  हस्तान्तरण गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । महानगरले बिहीबारको बजार भाउअनुसार चाँदी खरिद गरेको हो ।  हिजोको बजारभाउ अनुसार चाँदी प्रतितोला २१ सय ७० रुपैयाँ रहेको छ । चाँदी तोलामा रूपान्तरण गर्दा २९ सय ४१ तोला हुन आउँछ । यसरी हिसाब गर्दा महानगरले महालक्ष्मी मन्दिरलाई ६३ लाख ८१ हजार ९७० रुपैयाँ बराबरको चाँदी हस्तान्तरण गरेको हो ।
व्यवस्थापन समितिले मन्दिरमा चाँदी अलङ्कार राख्न गरेको प्रयासलाई सहयोग गर्न पाउँदा आफू खुसी भएको प्रमुख महर्जनले बताए ।  प्रमुख महर्जनका अनुसार यसरी महानगरले चाँदी नै हस्तान्तरण गरेको पहिलो पटक हो । प्रमुख महर्जनले पैसा दिनुको साटोमा चाँदी नै उपयुक्त हुने भन्दै चाँदी सहयोग गरेको जानकारी दिए ।  प्रमुख महर्जनले चाँदी अलङ्कार राख्ने  काममा कुनै पनि किसिमको कमीकमजोरी नदेखिने गरेर काम गर्न व्यवस्थापन समितिलाई अनुरोध गरे ।  ‘कसैले आलोचना गर्ने अवस्था नआउने गरी काम गर्नूहोस्, छिटोभन्दा छिटो सम्पन्न गर्नूहोस्,’ प्रमुख महर्जनले भने । त्यस्तै प्रमुख महर्जनले जे काम गरिन्छ, त्यसमा पारदर्शी भएर काम गर्दा कसैले औंला नउठाउने बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दासले महानगरले सम्पदा र संस्कृतिमा उदाहरणीय काम गर्दै आएको बताइन् ।  ‘हामीले सम्पदा र संस्कृतिमा गरेको उदाहरणीय काम देखेर अन्य पालिकाहरू हामीसँग सिक्न आउनुहुन्छ । तपाईंहरूले कसरी काम गरिरहनु भएको छ भनेर भन्नु हुन्छ , यसले हामीलाई थप उत्साह मिल्छ,’ उनले भनिन् ।  प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरको लागि सहयोग गरेर इँटा थप्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । ललितपुर महानगर वडा नं. ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मी मन्दिरलाई चाँदीले अलंकार गर्नको लागि भक्तजनबाट मात्रै एक/डेढ करोड भक्तजनबाट उठिसकेको बताए । महानगरले पनि त्यस कार्यक्रमा सहयोग गरेको उनले धन्यवाद व्यक्त गरे । चाँदी अलङ्कार व्यवस्थापन समितिका संयोजक द्वारिका नाथ खनालका अनुसार अहिलेसम्म विभिन्न उद्योग व्यवसायी, संस्था, भक्तजनबाट सहयोग जुटिरहेको छ । चाँदी अलङ्कारमा कुनै पनि अपरदार्शिता नहुने बताउँदै उनले हरेक कुरा पारदर्शितामा हुने प्रतिबद्धता जनाए ।  ज्यापू समाजका अध्यक्ष एव समितिका सल्लाहकार सन्तमान महर्जनले महालक्ष्मी मन्दिर विगतका दिनमा भन्दा धेरै नै व्यवस्थित बन्दै गएको र यसमा सबैको ठूलो योगदान रहेको जानकारी दिए । मन्दिरलाई थप सुन्दरता बढाउन चाँदीको अलंकार राख्न लागेको र त्यसमा सबैको सहयोगको अपेक्षा राखेका छन् । यसमा ज्यापू समाजको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार