सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने क्षेत्र स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा उत्कृष्ट काम गरेको छ । नगरपालिकाले पूर्वाधार निर्माण अन्तर्गत सम्पदा पुनर्निर्माण, निर्माण र सडक पूर्वाधार निर्माण, फुटपाथ फराकिलो, ढल व्यवस्थापनलाई स्थानीय तहले गर्ने नियमित काम अन्तर्गत राखेको छ । नगरपालिकाले नगरवासीहरूलाई सर्वोपरि हितलाई मध्यनजर गर्दै गरेको काममा एक पछि अर्को गर्दै सफलता प्राप्त गरिरहेको छ । पालिकाबाट सम्पादन भएका कामबाट नागरिकको जीवनयापन सहज भएको छ । नगरबासीले गोकर्णेश्वर नगरपालिका नजिकको सरकारमात्रै होइन, सुख दुखको साथी भएको अनुभूति गर्न पाएका छन् । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको काम बाट नगरबासी लाभान्वित भएका छन् । नगरबासीको निशुल्क बीमा र निशुल्क स्वास्थ्य उपचारको व्यवस्थाले खल्ती रित्तो हुँदा पनि नगरबासी उपचारबाट विमुख हुनु परेको छैन । नगरपालिकाले नेपाल मेडिकल कलेज, अर्थोपेडिक अस्पताल, शंखरापुर अस्पतालसँग सहकार्य गरी निशुल्क उपचारको व्यवस्था मिलाएको हो । नगरप्रमुख दीपक रिसाल भन्नुहुन्छ, उपचारका लागि बिरामी सबैभन्दा पहिला नगर अस्पतालमा प्रवेश गर्छन् । नगर अस्पतालमा उपलब्ध बाहेकका सेवा लिनु पर्ने भएमा रोगको प्रकृति हेरी नगरपालिकाले सम्झौता गरेको अस्पतालमा बिरामीलाई रिफर गरिन्छ । रिफर भएकालाई सहयोग गर्न नगरपालिकाले नेपाल मेडिकल कलेजमा सहजिकरणका लागि सहायता कक्षको समेत व्यवस्था गरेको छ । नगर अस्पतालमा जनरल सेवा, इएनटी सेवा, इमर्जेन्सी सेवा र प्रसुति सेवा संचालनमा छ । समयको माग र आवश्यकता अनुसार नगर अस्पतालमा आधुनिक स्वास्थ्य सेवा विस्तार गर्दै नगरवासी गुणस्तरीय सेवा गर्ने योजना अनुरुप नगरपालिकाले काम गरिरहेको छ । त्यति मात्रै होइन, गोकर्णेश्वर नगरपालिकाले महिलाहरुमा देखा पर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरका परीक्षण र उपचार समेत गरेको छ । नगरपालिकाको यो निर्णयबाट पालिकाका धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जोखिमबाट जोगिएका छन् । विस्तृत भिडियोमा