लपुमनपा २३ नं. वडाले गर्‍यो उत्कृष्ठ महिला समूहलाई सम्मान (भिडियो)

शनिबार, असार १४, २०८२
Global Ime Bank

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं वडा कार्यालय धापाखेलले शुक्रबार वडा भित्र रहेका महिला समूहहरूले वर्ष भरी गरेका कामका आधारमा मूल्याङ्कन गरी उत्कृष्ठ भएको महिला समूहलाई सम्मान गरेको छ । लपुमनपा २३ नं एकल महिला समूहसहित २० वटा महिला समूह क्रियाशील छन् । वडा कार्यालयले महिला समूहहरूको क्षमता अभिवृद्धिका लागि प्रत्येक महिला समूहलाई ३०–३० हजार रुपैयाँ सहयोग गर्दै आएको छ । वडा कार्यालयले उपलब्ध गराएको उक्त रकमबाट महिला समूहहरू तालिमसहित क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने गरेका छन् ।   वडा कार्यालयले वडाका जनप्रतिनिधि तथा विज्ञसँगको राय सल्लाहमा महिला समूहले वर्ष भरी गरेका कार्यक्रम, अनुशासन, महिला समूहको पोसाक, वडा कार्यालयमा गर्ने कार्यक्रमहरूमा समूहका सदस्यहरूको उपस्थिति समूह व्यवस्थापन लगायकात क्षेत्रलाई आधार मानेर उत्कृठ समूह छनोट गरेको हो ।

Mahi-1751100956.jpg
वडाले उत्कृष्ठ भएको हात्तिवन महिला समूहलाई सम्मान गरेको छ । सम्मानित भएको समूहलाई वडाले स्पिकर पनि वितरण गरेको छ । ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उत्कृष्ठ महिला समूहलाई सम्मान गर्नु भएको हो । वडाले अन्य समूहलाई पनि प्रमाणपत्र प्रदान गरेको छ ।  उत्कृष्ठ महिला समूहलाई सम्मान गरेपछि कार्यक्रमका प्रमुख अतिथि महानगर उपप्रमुख मञ्जली शाक्य बज्रचार्यलेले मानिसहरूलाई गास, बास, कपास र सुरक्षा चार कुरा पूरा भएपछि सम्मान चाहिने धारणा राख्नुभयो । उहाँले  उत्कृष्ठ भएको महिला समूहसहित २० वटै महिला समूहलाई बधाई दिँदै महानगरपालिका महिलालाई सबै क्षेत्रमा सक्षम बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्य महानगरले लिएको जनाउनुभयो ।  कार्यक्रमका विशेष अतिथि वडाअध्यक्ष जीवन महर्जनले वडा कार्यालयले २० वटा महिला समूहलाई वर्षेनी ३० हजारका दरले रकम प्रदान गर्ने गरेको जनाउँदै आगामी आ.व.मा यो रकमलाई बृद्धि गर्ने विषयमा आफूहरू गम्भीर हुने बताउनुभयो ।  कार्यक्रममा प्रमुख अतिथिसहित महिला समूहका पदाधिकारीलाई स्वागत गर्दै वडा सदस्य राजन मल्ल ठकुरीले महिलालाई सीप सिकाउँदै उद्योगमा जोड्न वडा कार्यालयले समूहहरूलाई आर्थिक सहयोग गर्दै आएको जानकारी दिनु भयो ।  कार्यक्रमकी सभापति महिला वडा सदस्य मधु श्रेष्ठ सिंह ठकुरीले आफू निर्वाचित भएर आएदेखि नै वडा भित्र रहेका महिलाहरूको सीप र जाँगरलाई एक ठाउँमा कसरी ल्याउन सकिन्छ भन्ने कुरामा चिन्तन गर्दै आएको आज आएर त्यो चिन्तनले सार्थकता भएको बताउनुभयो ।  वडाकी सामाजिक परिचालक सावित्रा गौतमले सञ्चालन गरेको महिला सम्मान कार्यक्रममा वडा सदस्य किरण खड्का, वडा सचिव हुमनाथ पौडेल, वडाका प्रविधिक सुमित विष्टसहितका कर्मचारीको पनि उपस्थिति रहेको थियो । महिला सम्मान कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले २० वटै महिला समूहलाई सम्मान गर्नु भएको थियो । महिला सम्मान कार्यक्रममा महिला समूहले उत्पादन गरेका सामग्रीहरूको स्टल पनि राखिएको थियो । 

Maya-ko-chino-1751100952.jpg
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार