सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । बनेपा–नाला–भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति खोलाको पुल भत्किएको छ । पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका वडा नं. १ नाला भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो । अरनिको राजमार्गको बैकल्पिक बाटोको रुपमा रहेको यो पुल भत्किएपछि सडक पूर्ण रुपमा ठप्प भएको छ । पुरानो भइसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमता भन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानीयहरू बताउँछन् ।