सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु

बैंकमा सुन थुप्रिएको छ तर व्यवसायीले चाहे जति पाउन सक्दैनन्'
सोमबार, वैशाख २९, २०८२
मयुर प्लाई


हिजोआज सुनको मूल्यप्रतितोलादुई लाख रुपैंयाँ परिरहेको छ । एक किलो सुन उठाउनलाई करिब दुई करोड रुपैयाँआवश्यकपर्छ ।  अहिले दुई करोड रुपंैयाँआमव्यवसायीहरुको पहुँचभन्दाबाहिर गएको छ । थोरै मात्रामाव्यवसाय गर्नलाई सुन नपाइने अवस्था छ । यसो हुँदाव्यवसाय नै ठप्पहुने परिस्थतिबनेको छ ।
विपिन रामुदामु
संयोजक
नेपाल सुनचाँदीव्यवसायीतथाकालीगढ संघर्ष समिति


विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्यबढ्दा उपभोक्तामात्रहोइनव्यवसायीहरु पनितनावमाछन् । मूल्यबृद्धिहुँदाठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् । मूल्यबृद्धिको समयस्याएकातिर रहेपनि नेपालकाव्यवसायी र कालीगढहरुमाप्रशस्तनीतिगत समस्याहरु छन् । यसै सिलसिलानेपाल सुनचाँदीव्यवसायीतथाकालीगढ संघर्ष समितिका संयोजकविपिन रामुदामुसँग नेपालन्यूज बैंकले कुराकानी गरेको छ ।
पछिल्लो समय नेपाल सुनचाँदीव्यवसायीतथाकालीगढ संघर्ष समिति के कस्ता कार्यमा लागिरहेको छ ?
समग्र सुनचाँदीक्षेत्र विषम परिस्थितिनिर्माणभएको छ  छ । त्यसलाई राज्यको विभिन्नतह र तप्कामा पुर्याउनकालागिदेशैभरका साथीहरु मिलेर संघर्ष समितिबनाएर राज्यलाई दवाबदिनकालागि संगठितभएकाछौं । आवद्ध महासंघहरुलाई घचघच्याउन लागि अहिले व्यस्तछौं ।

सुनको मूल्ययसरी निरन्तर बृद्धिहुनुको कारण के हो ?
अन्तर्राष्ट्रिय जगतमा जुन किसिमको युद्धहरु भइरहेको छ त्यसका कारणपनि सुनको मूल्य दिनप्रति दिन बढिरहेको हो । यसैगरी डलर जस्तै चीन र रुसले आफ्नो मुद्रालाई संसारभरी अमेरिकन डलर जस्तै मान्यता दिलाउने प्रयासमा रहेकाले धेरै भन्दा धेरैसुन खरिद गरेर राख्ने गरेको पाइन्छ । अर्कोतिर संसारभरिको आर्थिक अवस्था तल झरेको छ । तर सुनमा सबैको विश्वास र खरिद पनि निरन्तर भइरहेकाले पनि सुनको मूल्य ह्वात्त बढेको हो । 
सुनचाँदी व्यवसायमा हाल देखिएका मुख्य समस्याहरू के–के छन् ?
व्यवसायीहरुका धेरै समस्याहरु छन् । विशेषत कालीगढका धेरै समस्या छन् । यसमा मुलभूत कुरा के छ भने २०६८ सालमा सरकारले सुनलाई कोटा प्रणाली र सिफारिस पद्धतिबाट वितरण गर्ने प्रक्रिया जारी गर्यो । त्यतिबेला२ ०६८ सालमा एक किलो सुनको मूल्य २० लाख रुपैयाँ पर्दथ्यो । आज सुनको मूल्य प्रतितोला दुई लाख रुपैंयाँ परिरहेको छ । एक किलो सुन उठाउनलाई करिब दुई करोड रुपैयाँ आवश्यकपर्छ ।  अहिले दुई करोड रुपैयाँ आम व्यवसायीहरुको पहुँच भन्दा बाहिर गएको छ । थोरै मात्रामा व्यवसाय गर्नलाई सुन नपाइने अवस्था छ । यसो हुँदा व्यवसायहरु ठप्प हुने खालको परिस्थति आएको छ । एकातिर बैंकमा सुन थुप्रियो भनेर समाचार आइरहेको छ तर त्यही सुन व्यवसायीले खोजी गर्दा चाँही सानो  परिणाममा नपाउने अवस्था छ । 
यही विषयमा संघर्ष समितिले आवाज उठाउँदै आएको छ । अहिले पनि सानो परिणाममा जस्तो–२०, ५०, १०० ग्रामको परिणममा कच्चा पदार्थहरु ल्याउन व्यवसायीहरु काठमाडौं आउनुपर्ने अवस्था छ । मूल्य अत्यधिक भएका कारणले सुन लिएर जाँदैगर्दा ओसार पोसारको क्रममा परिस्थती जटिल बनेर गएको छ । खतराको स्थिति बन्दै गएको छ । चोरी डकैतीहरुको संख्या बढ्दै गएको छ । सुरक्षाको हिसावले पनि सारै नै दयनीय अवस्था छ । त्यसैले अब यो सानो परिणामको सामान जिल्ला जिल्लामा नै पुर्याएर कोटा र सिफारिस प्रणालीबाट नभइ आवश्यकता अनुसार कच्चा पदार्थ पाउनुपर्छ भन्ने हाम्रो माग हो ।
सुनचाँदी व्यवसाय गर्नेहरुका अन्य समस्याहरु पनि धेरै छन् । काली गढहरुको पारिश्रमिक, दुर्घटनाका कुराहरु छन् । शान्ति सुरक्षाकार विमाका कुराहरु छन् । यी सबै कुराहरुलाई राज्यका निकायहरुमा दवाब दिने खालको परिस्थती निर्माण गर्नका लागि हामी अल्टिमेटम दिने तयारीमा छौं ।  


बैंकबाट सुन ल्याउँदा कत्तिको सहज छ व्यवसायीलाई ?
बैंकमा सुन थुप्रिएको छ । तर बैंकले व्यवसायीलाई जति चाहिएको हो त्यति दिन सक्दैन । जसरी व्यवसायीलाई पाँचतोला सुन चाहेको छ भने बैंकले पाँच तोला दिँदैन । एक किलो दिन्छ । तर अहिले एक किलोको मूल्य दुई करोड रुपैंयाँको हाराहारी पर्छ । सुनको मूल्य चारपाँच हजारले घटबढ हुँदा व्यवसायीलाई चार पाँचलाख घाटा हुन्छ ।  पाँच तोला सुनको लागि पाँललाख घाटा खायो भने एउटा व्यवसायीले कति चाँही नाफा कमाउन सक्छ ? यो हाम्रो प्रश्न हो । कुनै पनिव्यवसायी घाटाखाने स्थितिकाम गर्न सक्दैन । त्यसैले सानो परिणाममा पनि सुन प्राप्त भयो भने व्यवसायीको लागि राम्रो हुन्छ । कच्चा पदार्थ वितरण गर्ने प्रविधि राष्ट्र बैंकको कार्यविधिमा पनि छ । तर कार्यविधिमा भए पनि त्यो विधि कार्यान्वयनमा आएको छैन । यही कार्यान्वयनमा ल्याउनको लागि संघर्ष समितिमा छलफल गर्दैछौं । 
सुनचाँदी क्षेत्रलाई दिगो र पारदर्शी बनाउनका लागि के सुधार आवश्यक छ ?
पहिलो कुरा त दुर्घटना नहोस भनेर सुनचाँदी व्यवसायमा स्पष्ट खालको नीति निर्देशिका, ऐन बन्नु पर्छ । त्यसैले सबै चिजलाई नियमन गर्छ । कालीगढले पाउने ज्याला, जर्तीको बारेमा बोल्छ र आम कालीगढहरुको लागि पनि उचित पारिश्रमिकको व्यवस्था गर्छ । र व्यवसायीहरुको पनि नाफाको दररेट प्रस्ट हुन्छ । यो सम्बन्धि नीति, नियम नै छैन् । त्यसकारण सुनचाँदी ऐन बनाउनुपर्छ भनेर २०७० सालमा ठूलो आन्दोलन गरेका थियौं । १२ औँ दिनसम्म नेपालभरीका सुनचाँदी पसल बन्द गर्यौं । त्यसपछि नेपाल सरकारले निर्देशिका १५ दिनभित्र दिन्छौ भन्यो तर त्यो १५ दिन १५ वर्ष पुगिसक्यो तर आएन ।
नीति नियम बनेन भने व्यवसायीहरुको अन्तिम कदम के हुनेछ ?
अब हामी कठोर निर्णयका साथ अगाडि बढ्नेछाैँ ।देशभरीका व्यवसायीहरु एकैठाउँ बसेर पसलमा ताल्चा लगाएर चाबी नै राज्यलाई बुझाउने छौँ । हामी त्यही मुडमा छौँ । दिनानुदिन व्यवसाय खस्केको छ । धेरै व्यवसायी विस्थापित भएकाछन् । कालीगढहरु पनि विस्थापित भएका छन् । सबैभन्दा पहिला कुनै पनि पेसा व्यवसायलाई नियमन गर्न ऐन बनेको हुन्छ । हाम्रा लागि सुनचाँदी ऐन चाहिन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार