सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा(एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री सिंहले शनिबार एक बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महत्वपूर्ण चरणको रूपमा वर्णन गरेका छन् । उनले भने, ‘तपाईंहरूको परिश्रम, लगनशीलता र निरन्तरताले हासिल गरेको यो सफलताले आगामी लक्ष्यतर्फ अघि बढ्ने मार्ग प्रशस्त गरेको छ। यसले तपाईंहरूलाई अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’ सन्देशमा मुख्यमन्त्री सिंहले विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् । उनले शिक्षा नै समृद्धि र परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै समाज, प्रदेश र राष्ट्रको समुन्नत भविष्य निर्माणमा विद्यार्थीहरूबाट योगदानको अपेक्षा व्यक्त गरेका छन् । ‘विद्यार्थीहरू नै राष्ट्रका आधारस्तम्भ हुन्,‘मुख्यमन्त्री सिंहको भनाइ छ, ‘एसईईको सफलताले तपाईंहरूको आत्मबल थप मजबुत बनोस र आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकुन् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’