विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

बिहीबार, असार १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

मुगु । खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो । पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र कोठा छन् । जसमा फरक फरक दुईवटा कक्षाका विद्यार्थीहरु सँगै बसेर अध्ययन गरिरहेको बिद्यालयका प्रधानध्यापक बिस्नु केसीले जानकारी दिए । कक्षा कोठा निर्माणका लागि आव २०७६/७७ मा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास कार्यालयले २८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, सो बजेटले भवन निर्माण गर्न अपुग भएपछि निर्माणाधिन भवन अलपत्र अवस्थामा छ । पूर्वधार निर्माणमा सहयोग गर्न स्थानीय र प्रदेश सरकारसँग मौखिक रुपमा सहयोग मागिए पनि त्यसको सुनुवाइ नभएको प्रधानाध्यापक केसीले बताए । ‘विद्यालयमा कक्षाकोठा नै अभाव भएकाले पढाइ राम्रो हुन सकेको छैन् । व्यक्तिगत सरसफाइमा पनि असर परेको छ । खुला आकास र चौरमा बसेर पढ्नु परेको छ भने एउटै कक्षामा दुई फरक कक्षाका विद्यार्थी बसेर पढ्नु पर्दा होहल्ला बढी हुने भएकाले शिक्षकले पढाएको कुरा समेत बुझन गार्हो भएको छ,’ कक्षा दशमा अध्ययनरत छात्रा आकृति शाहीले भनिन् । राज्यले शिक्षा, स्वास्थ्य, र रोगजारीको जस्ता अनेक शिर्षमा बजेट छुट्याएपनि बजेट अभावमा मुगु जिल्लामा रहेका धेरै बिद्यालयहरुको अवस्था यस्तै रहेको वडा नम्बर ६ का  वडा अध्क्षय भरत बहादुर शाहीले बताए । उनका अनुसार प्रदेश सरकारले दिएको बजेटले विद्यालयको जग हाल्न मात्र पुगेकोले आधा निर्माण भएको भवन वर्षौं देखि अलपत्र अवस्थामा छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार