एकता कपुर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, असोज १२, २०७९
Global Ime Bank

एजेन्सी    । भारतीय टेलिभिजन उद्योगकी ‘क्वीन’ एकता कपूर र उनकी आमा शोभा कपुरविरुद्ध वेब सिरिज ‘एक्सएक्सएक्स सिजन २’ को विषयलाई लिएर बेगूसराय न्यायालयले पक्राउ पुर्जी जारी गरेको छ ।सन् २०२० मा यो सिरिजमा देखाइएको आपत्तिजनक दृश्यलाई लिएर बिहारको बेगूसराय कोर्टमा उजुरी दर्ता भएको थियो । सैनिकलाई अपमान गरिएको भनिएको यो मामलालाई लिएर न्यायालयले दुईविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको हो ।

वेब सिरिजमा कैयौं आपत्तिजनक दृश्य देखाइएको छ । जसमा एक दृश्य सैनिककी पत्नीसँग जोडिएको छ । यही दृश्यलाई लिएर बिहारको बेगूसरायमा एकताविरुद्ध उजुरी परेको थियो । बेगूसराय कोर्टले एकता र उनकी आमा शोभालाई चेतावनी पत्र पठाउँदै अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।एकताले भने यो मामलालाई लिएर आफ्नो सफाई पेश गरेकी थिइन् । उनले यो थाहा पाउनासाथ आफूले तुरुन्तै वेब सिरिजको उक्त दृश्य हटाएको बताएकी थिइन । उनले माफी पनि मागेकी थिइन् ।यो मामलामा सैनिक संघका जिल्ला अध्यक्ष शम्भू कुमारले उजुरी दर्ता गराएका थिए । उनले भारतीय सैनिक आफैंलाई खतरामा राखेर देशको सेवा गरिरहँदा उनीहरुलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा सिरिजमा भारतीय सैनिक र उनकी पत्नीलाई गलत तरिकाले देखाइएको आरोप लगाएका थिए 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार