इरानमा हिजाबविरोधी प्रदर्शन बढ्दाे, कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

मंगलबार, असोज ११, २०७९
Global Ime Bank

पेरिस । इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन राइट्स आइएचआरले उक्त जानकारी दिएको हो ।

आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।  तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मृत्यु भएको छ ।

हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार ११औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।–एजेन्सी  
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार