थाइल्याण्डका प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै

बुधबार, भदौ २९, २०७९
Global Ime Bank

बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने फैसला भएको छ । थाइल्याण्डको संवैधानिक अदालतले उनको कार्यकाल सेप्टेम्बर ३० मा सकिने फैसला बुधबार गरेको हो । सोही अदालतले उनलाई यसअघि निलम्बन गर्ने फैसला गरेको थियो । निलम्बन गर्ने फैसला गर्दा नौ न्यायाधीशमध्ये पाँच न्यायाधीश निलम्बनको पक्षमा थिए ।

उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो । थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि उनी प्रधानमन्त्री छन् । उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएर आफू बलियो भएर सत्ता टिकाएको हो । संसदमा सैन्य सहभागीताको व्यवस्था गरेर सन् २०१९ मा निर्वाचन गराएर बहुमत पुर्‍याएको थियो । 

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका थिए, भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका थिए । 

कु गरेर निर्वाचन अगाडिसम्मको कार्यकाललाई अन्तरिम कार्यकाल मान्नु पर्ने प्रधानमन्त्री पक्षधरको दाबी थियो । तर अदालतले भने उनीहरुको दाबी विपरित फैसला गरिदिएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार