थाई आर्मी कलेजमा गोली चल्दा दुईको मृत्यु

बुधबार, भदौ २९, २०७९
Global Ime Bank

बैंकक,  ।   बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा  बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बतएका  छन्  । सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए ।   घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताएका   छन्  । 
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार