स्विडेनको संसदीय निर्वाचनमा विपक्षी गठवन्धनलाई अग्रता

सोमबार, भदौ २७, २०७९
Global Ime Bank

स्टकहोम,  । स्विडेनमा भएको संसदीय निर्वाचनमा विपक्षी दलहरुको गठवन्धन ‘ब्ल्यु ब्लक’ले अग्रता लिएको छ । सोमबार विहानसम्मको विवरणअनुसार विपक्षी गठवन्धनले ४९.७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ । अहिलेसम्मको अवस्थाले विपक्षी दलहरुको गठवन्धन नै थोरै मतअन्तरले विजयी हुने देखिएको छ । ‘ब्ल्यु ब्लक’को नामले चिनिने विपक्षी गठवन्धन अन्तर्गत मोडेरेट पार्टी, क्रिश्चियन डेमोक्रयाट्स, लिवरल पार्टी र स्विडेन डेमोक्रयाटस् पार्टी रहेका छन् । त्यसैगरी रेड ब्लकको नामले चिनिने सत्तारुढ गठवन्धनले भने ४८.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस अन्तर्गत सोसल डेमोक्रेटिक पार्टी, लेफ्ट पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका छन् । 

यी मध्ये सबैभन्दा धेरै सोसल डेमोक्रेटिक पार्टीले मत ल्याएको छ भने दोस्रो धेरै स्विडेन डेमोक्रेट्स र तेस्रो धेरै मोडेरेट पार्टीले मत प्राप्त गरेका छन् । उनीहरुले क्रमशः ३०. ५ प्रतिशत, २०.७ प्रतिशत र १९ प्रतिशत मत प्राप्त गरेको छन् । 
निर्वाचन आयोगले अहिलेसम्म ९२ प्रतिशत मत गणना भइसकेको जनाएको छ । अहिलेसम्म विपक्षी गठवन्धनले  एक सय ७६ सिटमा र सत्तारुढ गठवन्धनले  एक सय ७३ सिटमा जित हासिल गरेको छ । स्विडेनको संसदमा  तीन सय ४९ जना सांसद रहने व्यवस्था छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार