अमेरिकी राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

शनिबार, भदौ २५, २०७९
Global Ime Bank

वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका  हुन्  । बेलाइतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए  । “ म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको  छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,” ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भने  ।राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर  गरे 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार