मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

शनिबार, भदौ २५, २०७९
Global Ime Bank

वासिङ्टन,  ।  संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।   सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए। सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए। यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो,  सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई  बताएका छन् । घटना बारे सक्रिय  रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । रासस 
 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार