ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल एमालेका सर्वसम्मत उम्मेदवार 

आइतबार, भदौ १९, २०७९
Global Ime Bank

ललितपुर । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर–१ मा एमालेबाट नवराज सिलवाल सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन क्षेत्रीय संयोजन कमिटीको आइतबार बसेको बैठकले पार्टी प्रदेश कमिटी सदस्यसमेत रहेका सिलवाललाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय भएको छ ।  प्रदेशतर्फ भने  धेरै बहुआकाङ्क्षी देखिएर आफ्नो दावी नछोडेपछि सोही अनुसारको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको छ । प्रदेश ‘क’ तर्फ प्रदेश सभा सदस्यको लागि पार्टी प्रदेश कमिटी सचिवालय सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटी सदस्यहरू रामकृष्ण हुमागाइँ, रामचन्द्र दहाल, जिल्ला कमिटी सदस्य रमेशचन्द्र घिमिरे, गौरी अधिकारी, कृष्ण प्रसाद सापकोटा, नगर कमिटी अध्यक्ष प्रभाकर थापालाई सिफारिस गरिएको छ ।  यसैगरी गणेश आचार्य र रामशरण घिमिरेको नाम पनि सिफारिसमा परेको छ ।   यसैगरी ‘ख’ प्रदेशतर्फ प्रदेश सांसद तथा पार्टी प्रदेश कमिटी सदस्य चेतनाथ सञ्जेल, प्रदेश कमिटी सदस्य मिठाराम केसी, नवराज तिमल्सिना, राजेन्द्र न्यौपाने, तिलक लामा र भवानी बजगाइँको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ । सिफारिस भएका नामलाई जिल्ला कमिटीमा छलफल गरी त्यहाँबाट पनि टुङ्याउन नसके प्रदेश कमिटीमा पठाइने जिल्ला  पार्टी कार्यलयसचिव   रमेशचन्द्र घिमिरेले  जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार