सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस ललितपुरले आकाक्षी उम्मेदवारको नाम सिफारिश गरेको छ । जिल्ला कार्यसमितिले उम्मेदवार आकांक्षीहरूको नाम समेटेर बागमती प्रदेश कार्यसमितिमा आइतबार सिफारिस गरेको हो । पार्टी विधानले प्रत्यक्ष तर्फका लागि बढीमा तीन जना र समानुपातिकतर्फका कम्तिमा एकजना महिलासहित बढीमा दुई जनाको नाम केन्द्रमा पठाउनु पर्ने व्यवस्था गरेको छ । जिल्ला कार्यसमितिलाई केन्द्रीय कार्यसमितिले भदौ १८ गतेभित्र प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार आकाक्षीहरुको नाम सिफारिश गर्दा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका उम्मेदवारको नाममा आफ्नो राय समेत उल्लेख गरी प्रदेश कार्यसमितिमा बुझाउन निर्देशन दिएको थियो । ललितपुरमा तीनवटा निर्वाचन क्षेत्र छन् । क्षेत्रीय कार्य समितिले सिफारिस गरेका सबै उम्मेदवारहरूको नाम प्रदेश समितिलाई आइतबार बिहान सिफारिस गरिएको जिल्ला सचिव वशिष्ठ अधिकारीले शब्दपाटीलाई जानकारी दिए । प्रदेश सभा सदस्यका लागि प्रदेश सभा कार्यसमितिले र प्रतिनिधि सभा सदस्यमा क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नुपर्ने प्रावधान छ । प्रदेश र क्षेत्रबाट आएका नामावलीलाई जिल्ला समितिले प्रदेश कार्यसमितिमा सिफारिस गर्नुपर्छ । जिल्ला कार्यसमितिले निर्वाचन क्षेत्र नम्बर १ मा संघका लागि कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाको नाम एक नम्बरमा सिफारिस गरेको छ । पूर्व आमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुर लामा दोस्रो तथा महाधिवेशन प्रतिनिधि मथुराप्रसाद घिमिरे तेस्रो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै समानुपातिकमा महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरेको नाम सिफारिस गरिएको छ। त्यस्तै प्रदेश सभा १ (क) प्रत्यक्ष तर्फ वागमती प्रदेशका सहमहामन्त्री ऋषिराम, घिमिरे, जिल्ला कार्यसमिति ललितपुरका सचिव वशिष्ठ कुमार अधिकारी र सानुकान्छा मोक्तानको नाम सिफारिश भएको छ । घिमिरे २०७४ सालको प्रदेश सभा सदस्यमा पनि उठेका थिए । उनी माओवादीका लालकुमारी पुन (सुशिला) सँग पराजित भएका थिए । सानुकान्छा पनि २०७४ मा प्रदेश समानुपातिक उम्मेदवार थिए । समानुपातिकमा महाधिवेशन प्रतिनिधि शशी गुरुङ खड्का, जिल्ला सदस्य सुनिता बञ्जारा घिमिरे र पूर्वमहाधिवेशन प्रतिनिधि गंगादेवी मुल सिफारिस भएकी छन् । त्यस्तै प्रदेश सभा १(ख) प्रत्यक्षतर्फ राखेपका पूर्व कोषाध्यक्ष,२०७४ सालको प्रदेश सभा सदस्यका प्रत्यासी मीनकृष्ण महर्जन, नेविसंघका पूर्वकेन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि विमलचन्द्र विष्ट, महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला सचिव रविन्स शर्मा, प्याब्सन केन्द्रीय सचिव महाधिवेशन प्रतिनिधि विमल थापा, जनजाति महासंघको केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि रामकृष्ण लामा सिफारिस भएका छन् । त्यस्तै समानुपातिकमा महाधिवेशन प्रतिनिधि रामशरण घिमिरे, वागमती गाउँपालिकाका निवर्तमान उपप्रमुख रञ्जना घिमिरे, महाधिवेशन प्रतिनिधि रिजना श्रेष्ठ सिफारिस भएकी छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रत्यक्षतर्फ संविधानसभा सदस्य रामकृष्ण चित्रकारको एकल नाम क्षेत्रीय कार्य समितिले सिफारिस गरेको छ । बागमती प्रदेशका उपसभापति, सविधानसभा सदस्य (२०७०) चन्द्र महर्जनको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकमा पूर्व कार्यवाहक सभापति प्रकाशनन्दन जोशी, नेविसंघ पूर्वसहमहामन्त्री बाबुराजा चित्रकार, पूर्व जिल्ला सचिव सुधालाल मुल्मी, संविधानविद् पूर्णमान शाक्य, विज्ञ डा. प्रभु बुढाथोकी, प्राज्ञ सिद्धिबहादुर शाक्य, पार्टी समायोजनमा पूर्वकेन्द्रीय सदस्य डा. टि एन योगीलगायतको नाम सिफारिस गरिएको छ । प्रदेश सभा २(क) प्रत्यक्षतर्फ प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापति दिवाकर नेपाल, महाधिवेशन प्रतिनिधि रिसा श्रेष्ठ, नगर सभापति दिवाकर सिल्वाल,२०७४ सालको प्रदेशसभा सदस्यका प्रत्यासी पवन विक्रम थापा, महाधिवेशन प्रतिनिधि बासुदेव महर्जन र समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि गणेशकुमार सिल्वाल, महाधिवेशन प्रतिनिधि ललिता खनियाँ डंगोल, महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ, नेपाली दलित संघका जिल्ला अध्यक्ष विष्णु विशुंखे, महाधिवेशन प्रतिनिधि रिना मानन्धर, सरु श्रेष्ठ, जिल्ला सदस्य रुकुदेवी सापकोटाको नाम सिफारिस भएको छ । प्रदेश सभा २ (ख) मा २०७४ सालको प्रदेश सभा सदस्यका प्रत्यासी एवं महाधिवेशन प्रतिनिधि प्रेमकृष्ण महर्जन, वागमती प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि राजेश महर्जन, पूर्व जिल्ला कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि कर्म ब्यन्जनकार, ललितपुर महानगर सभापति सुभानन रत्न धाख्वा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि अनन्त प्रकाश श्रेष्ठ, हेम महर्जन र समानुपातिक तर्फ प्रदेश (ख) उपसभापति नातिकाजी महर्जन, महाधिवेशन प्रतिनिधि, फरिन्दा महर्जन, शान्ति लक्ष्मी महर्जन, नन्दकिशोर धाही, निगेन्द्रराज शर्मा, जिल्ला सदस्य सानुकाजी महर्जन, वागमती प्रदेश सदस्य महमद मुकिम खान, नेविसंघ पूर्व जिल्ला अध्यक्ष अजय श्रेष्ठ र राष्ट्रिय उपभोक्ता महासंघका प्रेमलाल महर्जनको नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । अर्का केन्द्रीय सदस्य एवं निवर्तमान पार्टी सभापति मदनबहादुर अमात्यको नाम दुई नम्बरमा सिफारिस भएको छ । त्यस्तै केन्द्रीय सदस्य एवम् राष्ट्रियसभाका निवर्तमान सदस्य धना खतिवडाको नाम तीन नम्बरमा तथा वागमती प्रदेश सांसद बिजया केसीको नाम चार नम्बरमा सिफारिस गरिएको छ। समानुपातिकमा भने पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठको नाम सर्वसम्मत सिफारिस गरिएको छ। प्रदेश सभा ३ (क) प्रत्यक्षतर्फ जिल्ला उपसभापति, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष सुदर्शन घिमिरे, क्षेत्रीय सभापति महेश्वर थापा, जिल्ला सदस्य चक्र महर्जन, जिल्ला सदस्य जितेन्द्र महर्जन, पूर्वजिल्ला सदस्य शशीकुमार थापा, महाधिवेशन प्रतिनिधि बेली डंगोल, नारायणदेव राणा पूर्व जिल्ला उपसभापति गोकुल खड्कालगायतको नाम सिफारिस गरिएको छ। त्यस्तै समानुपातिकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला केसी, ललितपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख गिता सत्याल, महाधिवेशन प्रतिनिधि मोदती के सी, बागमती प्रदेश सदस्य तारादेवी दुलाल पन्त, महाधिवेशन प्रतिनिधि सरिता चौधरी, पूर्व जिल्ला सदस्य गंगा केसी, २०७४ सालको प्रदेश सभा सदस्यका प्रत्यासी महाधिवेशन प्रतिनिधि नवराज महत, पूर्व जिल्ला सदस्य देवराज लामिछाने, महाधिवेशन प्रतिनिधि रमेश अछामीको नाम सिफारिस गरिएको छ । प्रदेश सभा ३(ख) प्रत्यक्ष तर्फ प्रदेश क्षेत्रीय कार्यसमितिबाट सिफारिस वर्णानुक्रम अनुसार महाधिवेशन प्रतिनिधि निरु खड्का, पुर्व का.वा. सभापति एवं महाधिवेशन प्रतिनिधि प्रमोद शर्मा, बागमती प्रदेश सदस्य महान अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि रमेश रिसाल, बागमती प्रदेश सदस्य राजिवराज पौडेल,२०७४ का प्रदेश सभा सदस्यका प्रत्यासी शिवराम बाँनिया जिल्ला सदस्य एवं नेविसंघका पूर्व केन्द्रीय सदस्य सानुबाबु महर्जन प्रदेश क्षेत्रीय सभापति सुरेन्द्र डंगोलको नाम सिफारिस गरिएको छ। त्यस्तै समानुपातिकमा सर्वसम्मत रुपमा जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ नाम सिफारिस गरिएको छ । वागमती प्रदेश सदस्य प्रविणा शर्मा, प्रमिला महर्जन, भगवती शाहीको नाम समानुपातिकमा सिफारिस गरिएको छ ।