उज्यालो वडा अभियान अन्तर्गत हरेक सडकमा सडक बत्ती   

महानगरपालिका १८ को उपलब्धी  सय दिनमा २० काम 
शनिबार, भदौ १८, २०७९

  ललितपुर ।  ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष सहित जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिनमा २० वटा उपलब्धी  सार्वजनिक गरेको छ । आज शनिबार सैबु भैसेपाटीस्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा उपलब्धी सार्बजनिक गरेको हो । वडा अध्यक्ष दामोदर खड्काले वडावासीको साथ र सहयोगको कारण भब्य रुपमा सय दिन मनाउन पाएकोमा खुसी ब्यक्त गरे  ।  
 उनले एमालेबाट जुन पार्टीबाट निर्वाचन जितेपनि वडा अध्यक्षको हैसियतमा सबैको जनप्रतिनिधि भएको बताए  । उनले आफ्नो कार्यकालमा वडाको भौतिक, वातावरण, शैक्षिक, आर्थिक विकासमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताए  । हामीले सय दिनमा दर्जनौ काम गरेका छौ, तैपनि वडावासीलाई सम्झन लायक हुनेगरी २० उपलब्धी सार्बजनिक गरेका छौँ उनले भने  । 
 ‘हामी सधै संगै’, ‘हाम्रो वडा हामी बनाउछौ’ , ‘निरन्तर विकास तर्फ’ भन्ने मुल मन्त्रकासाथ वडाका सम्पुर्ण समस्या समाधान गर्ने प्रण गर्दै अध्यक्ष खड्काले भने –अब बोल्ने होइन गर्ने बेला आएको छ , हामीले वडावासीलाई गरेरै देखाउछु ।   286486590_3237725656555722_1269246380232736713_n1662201775.jpg

वरिष्ठ चित्रकार टेकवीर मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले वडाको विकास गर्न सबैको साथ र सहयोग अनिवार्य रहेको बताए  । कार्यक्रममा वडावासी मुखियालाई सम्मान गरिएको थियो ।  जल, जमिन र जंगलले घेरिएको यो सुन्दर वडामा हामीले तपाईहरुको सल्लाह र सुझाव अनुसार तय गरेको दर्जनौ काम सम्पन्न गर्न बाँकी छ । हामीले त्यसको त्यसको सुची तयार गरिसकेका छौ । हामी निर्वाचित भएर वडामा प्रवेश गरेकै दिन भनेका थियौ कि हामी यो वडालाई सुन्दर हरियाली र उज्यालो वडा बनाउनेछौ –अध्यक्ष खड्काले भने  । 

सय दिनको उपलब्धी सार्बजनिक गर्दै अध्यक्ष खड्काले  उज्यालो वडा अभियान अन्तर्गत हरेक सडकमा सडक बत्ती जडान गर्ने कार्यक्रम शुरुवात गरेको बताए   । सय दिनमा करिब सयवटा सडक बत्ती जडान गरेको जानकारी दिए  । उनका अनुसार पहिलो चरणमा भञ्याङ, मगरगाँऊ, शान्तिमार्ग, आदिनाथमार्ग ,खड्कागाँउ मछिन्द्र मूल सडकसम्म सडकबत्ती जडान गरेको जानकारी दिए  । त्यस्तै  यस  अवधिमा ५ हजारको  संख्यामा फलफुल र कागतीको विरुवा वितरण, ७ सय जनाको पाठेघर स्क्रिनिङ, आँखा, दात, वाथ र सुगर रोगको  र १ सय ४३ जना जेष्ठ नागरिकको स्वाथ्य परीक्षण, जुम्बा कक्षा सञ्चालन, महिला उद्यमशिलता विकासगर्न हाटबजार सञ्चालन, नख्खुपुल– जलविनायक मार्ग देखि भञ्ज्याङ्गसम्म ६ सय वृक्षरोपण, २४ जना वडावासी विद्यार्थीलाई एसईई सम्मान कार्यक्रम सम्पन्न गरेको वडाअध्यक्ष खड्काले बताए  । 
  
 सार्बजनिक स्थानमा सुचना बोर्ड स्थापना, वर्षमा  २४ दिनको एकादशी , महशिवरात्री र बुद्धजनयन्तिगरी २६ दिन मासु नबेच्ने निर्णय कार्यान्वयन,  डेंगी रोग नियन्त्रण गर्न जनचेतना कार्यक्रम,   बिजुलीको पोलमा गुट्खा, पानपराग, चुइङगमको खोल फ्याक्न डस विन जडान,  वडामा दुईवटा गाईलाई पशु सुत्केरी भत्ता दिएर  भत्ता शुरूवात भञ्ज्याङ स्थित तछलादेवि,  कुँवरगाउको धनेश्वर, सप्तऋषी मन्दिरमा फ्रि वाईफाइ जडान , जलविनायक मार्गको पिपल बोटदेखि भञ्ज्याङ्ग, सप्तऋषी मन्दिर पछाडी बाट ढिकुरे जाने बाटो हुदै राजकुलो सम्मको बाटोमा ढल निर्माण सम्पन्न गरेको जनाएको छ ।   

भौतिक पुर्वाधार कार्यक्रम अन्तर्गत १३ क्षेमा पर्खाल, रिटेनिङ वाल, बाटो निर्माण, भुक्षय नियन्त्रण , ब्लक छाप्ने काम सम्पन्न भएको छ । वडाले सय दिनको अवधिमा वडाभित्र रहेका १० वटा संस्थागत  वटा विद्यालयको छात्रवृति लगायतको विषयामा सञ्चालकसंग छलफल गरेको छ ।  अध्यक्ष खड्काले अबको ६ महिनामा थप उपलब्धीका  सार्बजनिक गर्ने जानकारी दिनुभयो ।   
 कार्यक्रममा  वागमती प्रदेशका पुर्वमन्त्री जीवन खड्काले सयदिनको उपलब्धीले वडालाई सबै क्षेत्रको विकासमा अघि पु¥याएको बताए  । उनले  भने –यसरी नै विकास गर्ने हो भने ३  सय ६५ दिनमा त्यतिनै संख्यामा विकास हुनेछ ।  
कार्यक्रममा माओवादी केन्द्रका वडा कमिटिका अध्यक्ष विश्वराम थापाले हालसम्म गरेको काम सन्तोसजनक  रहेको बताए  । उनले अबको दिनमा वडाले  सार्बजनिक सम्पत्तीलाई संरक्षण गर्ने अभियानकै रुपमा अघि बढाउनुपर्ने बताए  । नेपाली काग्रेस वडा इकाइ सभापति मनकुमार थापामगरले वडावासीको आवश्यकता भन्नाले शिक्षा , स्वाथ्य र खानेपानी, बाटोघाटो हो,  १ सय दिनको अवधिमा वडाले यस्ता आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गरेकोमा खुसी लागेको बताए  । उनले आगमी दिनमा थप प्रगतिको कामना गरे  । वडासदस्य गोपाल डंगोलले जनप्रतिनिधिले वडा कार्यालय सम्हालेपछि मुस्कान सहितको सेवा दिन सफल भएको बताए  । उनले भने –अझै थप सेवा र सुविधा दिन हतार भएका छौ । वडा सचिव निरन श्रेष्ठले कार्यक्रमले वडालाई थप उचाइमा पु¥याएको बताए  ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार