सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रवार हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट ३०५ किलो गाँजा बरामद गरेको हो ।थानाभर्याङबाट बुद्धचोक आउँदै गरेको ना८ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हो । टिपरका चालक (गाँजा ओसारपसारमा संलग्न) भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको तीन क्विनटल गाँजा र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।