नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ    

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं,  ।  चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका–५ बस्ने २६ वर्षीय प्रगास यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  उनको साथबाट नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८०८९ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार