उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

शुक्रबार, भदौ १७, २०७९

उदयपुर, । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । घटनास्थल उदपुरको विकट ठाउँमा रहेको र उनीहरूको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार