सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू आगामी निर्वाचनमा चितवन–३ बाट नै चुनाव लड्ने बताएका छन् । कर्णाली प्रदेशको नेकपा (माओवादी केन्द्र) को प्रशिक्षणका लागि यहाँ आएका उनले क्षेत्र र प्रदेश तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको खुलासा गरे । गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे । एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे । चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष दाहालले बताए । यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए । एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकीर गरे । प्रचण्ड कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्न लागिएको प्रशिक्षण कार्यक्रममा सहभागी हुन यहाँ आएका हुनु । प्रशिक्षण अहिले हुँदैछ । बिहीबार हुने भनिएको प्रशिक्षण शुक्रबार हुन लागेको हो ।