गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस

बुधबार, भदौ १५, २०७९

कास्की,  ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम सिफारिस गरेको हो । २०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो । आउँदाे ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार