सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

बुधबार, भदौ १५, २०७९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे स्राेतकाे दाबी छ ।  उनलाई मन्त्री पदबाट हटाउनुकाे कारण भने खुलाइएकाे छैन । ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार