चोलेन्द्र शमशेर जबराको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो 

बुधबार, भदौ १५, २०७९

काठमाडौं,   ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको बयान दिएका छन् । बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय भइसकेको दाबी गरेका हुन् । 

Avatar
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो । 

Avatar

समितिलाई बयान दिनेक्रममा जबराले महाअभियोग स्वतः निस्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् । आफूलाई बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जिकीर गरे । साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ । दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार