भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदै

बुधबार, भदौ १५, २०७९
Global Ime Bank

काठमाडौँ, ।  भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते  सेप्टेम्बर ४ देखि ८ तारिख सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्नुहुने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ । 

   यसैगरी उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।   भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने छन्  । जनरल पांडेले भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको निर्देशनालयले जनाएको छ । रासस  

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार