महाअभियोग सिफारिस समिति बैठकः निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिईदै

बुधबार, भदौ १५, २०७९

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधीश राणासँग बयान लिन लागेको हो ।

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार