विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार

मंगलबार, भदौ १४, २०७९
Global Ime Bank

ब्राजिल । अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेको छ । 

सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद भनेको छ । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उनले सञ्जालमा उल्लेख गरेको छ । 

विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित हुन् । उनले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गराएको थियो । पिसाब नलीमा सङ्क्रमण देखिएपछि उनी दुई साताभन्दा बढी समय अस्पताल भर्ना भएको थियो । 

विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा व्यतित गरेको थियो । एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उनले एक हजार दुई सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार