बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत 

सोमबार, भदौ १३, २०७९

काठमाडौँ । प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधयेक २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधयेक २०७९माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो । 

सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो । 

प्रतिनिधिसभाको अर्काे बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ । 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार