पश्चिमी इन्डोनेसियामा ६ .४ म्याग्निच्युडको भूकम्प

सोमबार, भदौ १३, २०७९
Global Ime Bank

जाकार्ता ।  इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ । जाकार्ताको स्थानीय समयानुसार सोमबार बिहान १०ः२९ सो भूकम्प गएको बताइएको छ ।  यस भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।  भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन् । यसअघि स्थानीय समयाअनुसार सोमबार विहान ५ :  ३४ मा ५. ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।  यद्यपी ६. ४ म्याग्निच्युडको भूकम्पलाई नै प्रमुख भूकम्पको रुपमा लिइएको छ । हालसम्म यस भूकम्पबाट धनजनको  क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।   
 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार