प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध बारले बुझायो २४ बुँदे प्रमाण

आइतबार, भदौ १२, २०७९

काठमाडौँ ।  नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातसहितको पत्र आज समितिमा बुझाएको हो । पत्रमा प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू पठाइएको उल्लेख छ ।
“प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराउपर नेपालको संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्नका लागि महाभियोग आरोपसँग सम्वन्धित कागजात, विवरण, जानकारी लगायतको प्रमाणहरू पेश गरिएको छ”,उक्त पत्रमा लेखिएको छ । महाअभियोग सिफारिस समितिले यही भदौ १५ गते निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका बोलाउने निर्णय गरेको थियो ।–रासस

 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार