नागरिकता बिद्येयक आज राष्ट्रियसभामा पेश हुने 

आइतबार, भदौ १२, २०७९

काठमाडौं । नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ। संसद सचिवालयका अनुसार विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको हो ।

विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।

पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाए पछि प्रतिनिधिसभाले पुन बहुमतले पारित गरेको थियो ।  फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भए पछि विवादमा पर्दै आएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार