सिट बाँडफाँट कार्यदलको बैठक ४ बजे बस्ने

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । 

बिहिवार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दावी पेश गरेका छन् ।

सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिना देखी चलिरहेको भए पनि निष्कर्षमा भने पुग्ने सकेको छैन । कार्यदलको बैठकले विस्तुत अध्ययन प्रतिवेदन बुझाए पछि गठबन्धनका शिर्ष नेताले अन्तिम निर्णय लिनेछन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार