एमाले पोलिटब्युरो बैठक बस्दै

बिहीबार, भदौ ९, २०७९

काठमाडौँ । नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन् । भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । 

यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।रासस

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार