जिफन्ट राष्ट्रिय कमिटीको नेतृत्व हस्तान्तरण

बुधबार, भदौ ८, २०७९

काठमाडौँ, ।  नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टको आठौँ महाधिवेशनद्वारा चयन भएको नेतृत्वको शपथ ग्रहण भएको छ । गत साउन ७ देखि १० गतेसम्म काठमाडौँमा आयोजना गरिएको आठौँ महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको थियो । राष्ट्रिय कमिटीको कार्यकाल चार वर्षको हुनेछ ।  काठमाडौँमा आज आयोजित एक समारोहका बीच महाधिवेशनको बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिमालले श्रेष्ठलाई शपथ गराए  । यसैगरी अध्यक्ष श्रेष्ठले राष्ट्रिय कमिटीका पदाधिकारी, सचिवालय सदस्य तथा सदस्यलाई सपथ गराएका  थिए  । सो अवशरमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिले राष्ट्रिय राजनीति चुनौतिपूर्ण रुपमा गुज्रिरहेको भन्दै ट्रेड यूनियनबीच एकताको खाँचो औंल्याए  । शारीरिक र बौद्धिक श्रम गर्ने नाममा ट्रेड यूनियन विभाजित भइरहनु अनावश्यक भएको भन्दै उनले वर्गको स्वार्थ हेरेर अगाडि बढ्न सुझाव दिए  ।     जिफन्टका संरक्षक विष्णु रिमालले आपसी एकता कायम गरी अघि बढ्न निर्देशन दिए । जिफन्ट अध्यक्ष श्रेष्ठले एकताबद्ध भएर तीव्र गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए  । उनले एकीकृत ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाइने र जिफन्टले त्यसको नेतृत्व गर्ने बताए  ।  रासस   
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार