संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन   :  देव गुरुङ

बुधबार, भदौ ८, २०७९

काठमाडौँ, ।  नेकपा  माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका  छन्  । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताए  । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए  । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक÷दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पारे  ।  रासस  


 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार