पूर्व राजाको ‘दुई मुटु यैटा बाटो’ कविता संग्रह प्रकाशित

बुधबार, भदौ ८, २०७९

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यैटा वाटो’ कृति प्रकाशनमा आएको छ । सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गरेका छन । उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थीति एवम गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार