सिट बाँडफाँटबारे गठबन्धन बैठकमा टुंगो लागेन

मंगलबार, भदौ ७, २०७९

काठमाडौं,  । सिटबाँडफाँटबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए ।आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् । आजको बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुन: बस्ने जनाइएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार