महाअभियोग सिफारिस समितिको बैठक जारी 

मंगलबार, भदौ ७, २०७९

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ । 

जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न संसदले गठन गरेको महाअभियोग सिफारिस समितिको जारी बैठकमा  आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ । 

गत १ फागुनमा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार