सोमालियामा भएको हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

आइतबार, भदौ ५, २०७९
Global Ime Bank

संयुक्त राष्ट्रसङ्घ,  । सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । मोगादिसुको उक्त होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका बताइएको छ । पछि घाइतेहरुको निधन भएको र आइतबार बिहानसम्म निधन हुनेको संख्या २० पुगेको बताइएको छ ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरी सो आक्रमणमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई सख्त कारबाही गर्न भनेको  छ ।साथै सो विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।शुक्रबार राति अल–शबाबका लडाकूहरुले उक्त होटलमा आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको थियो । हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए ।उक्त हायात होटलमा हमला हुँदा ठूलो संख्यामा पर्यटक रहेका बताइएको छ । सो हमलापछि कडा सुरक्षाको व्यवस्था गरिएको थियो । रासस 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार