सोसल मिडिया
Contact Us
युनिकोड
बेरुत । सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकू समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षती भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीले बताएका छन् । शुक्रबार भएको घटनामा परी अरु दर्जनौ घाइते भएको जनाइएको छ । घाइतेहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । देशको उत्तरी क्षेत्रमा पर्ने अल बाब सहरमा घटना भएको अधिकारीले जानकरी दिएका छन् । अमेरिकी समर्थन रहेको कुर्दिस लडाकूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलीपल्ट यो घटना भएको हो । शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन् ।
मोगादिसुको हयात होटलमा आतङ्वादी आक्रमणः दशजना मारिए
यहाँस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा राजधानीको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन् । घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन । हतियार बोकेका अल–शबाबका आक्रमणकारीले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए । शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो । होटलमा लुकेका आक्रमणकारीलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन । इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । होटलको स्वागतकक्ष बाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन् । आक्रमणमा मारिएकाको परिचय पनि खुलाइएको छैन ।– रासस/एपी