रणवीरको शमशेरालाई १ करोड जरिवाना

शनिबार, भदौ ४, २०७९
Global Ime Bank

मुम्बई । दिल्ली उच्च अदालतले रणवीर कपूरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ । अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ । यो मामला कपीराइट उल्लंघनसँग जोडिएको छ ।

फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधिश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो । भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपीराइट उल्लंघन गरेको दाबी गरेका छन् ।

अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३बाट कार्यान्वयन हुनेसमेत बताएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार