उत्तर कोरियाद्वारा दक्षिण कोरियाले राखेको निश्स्त्रीकरण सहायता प्रस्ताव अस्वीकार

शनिबार, भदौ ४, २०७९
Global Ime Bank

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनीले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई “मूर्ख“ योजना बताएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् । 
किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई ‘व्यर्थको सपना देख्न बन्द गर्न’ भनेकाो राज्यको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ । 
‘हामी युन सुक येओललाई मानिसको रूपमा मन पराउँदैनौं’, मेमा पदभार ग्रहण गर्ने क्रममा प्योङयाङप्रति कडा अडान लिने प्रतिबद्धता जाहेर गरेका रुढिवादी दक्षिण कोरियाली नेताबारे किम यो जोङले भनिन् ।-एजेन्सी
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार