श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

शुक्रबार, भदौ ३, २०७९
Global Ime Bank

कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएको छ । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेको गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ । 

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएको थियो  ।

तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नु भएको डेलि मिरर पत्रिकाले लेखेको छ ।  उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेको छ ।

उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।  

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गए । त्यसपछि थाइल्याण्ड हुदै सिङ्गापुर पुगे । 

उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार