सिरियाको सीमा पोस्टमा टर्कीले गरेको आक्रमणमा १७ जनाको मृत्यु

बुधबार, भदौ १, २०७९
Global Ime Bank

अंकारा । टर्कीको सेनाले सिरियाको सीमा चौकीमा गरेको हवाई हमलामा १७ जना लडाकुको मृत्यु भएको एक युद्ध अनुगमन निकायले जनाएको छ । ‘टर्कीको सीमा नजिकै सिरियाली सरकारी चौकीहरूमा टर्कीले गरेको हवाई आक्रमणमा १७ जना लडाकू मारिएका छन्’, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ । 
टर्कीको हवाई आक्रमणको सिरियाले बदला लिने जनाएको छ । 

पीडितहरू सरकार वा कुर्दिस सेनासँग सम्बद्ध थिए वा थिएनन् भन्ने बारेमा केही खुलाइएको छैन् ।

‘टर्कीको आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिकको मृत्यु भएको र ६ जना घाइते भएका छन् । हाम्रो सशस्त्र बलद्वारा सञ्चालित सैन्य चौकीमा कुनै पनि आक्रमण भएमा सबै मोर्चाहरूमा प्रत्यक्ष र तत्काल जवाफ दिइनेछ’,  सानाले भनेको छ ।–एजेन्सी

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार