२२४ जना जिल्ला न्यायाधीशको सरुवा

मंगलबार, साउन १०, २०७९

काठमाडौं,  । न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलवार बसेको बैठकले २२४ न्यायाधीशको सरुवा गरेको हो ।परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरूका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार